श्रावण ६, २०८२ मंगलबार July 22, 2025

समर्थनबारे माओवादी अनिर्णीत, बुधबार पुनः बैठक बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै वर्तमान सरकारको विपक्षमा रहेको नेकपा (माओवादी केन्द्र) सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अझै टुङ्गोमा पुग्न सकेको छैन । माओवादीका नेताले मौखिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफूहरूको समर्थन नरहेको जिकिर गरिरहे पनि उक्त पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र सङ्घीय संसद्लाई पठाएको छैन । वैकल्पिक सरकार गठनको पहलकदमी लिइरहेको दाबी गर्दै आएको माओवादी केन्द्र समर्थन फिर्ता लिन अलमल गरिरहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग बारम्बार द्विपक्षीय, त्रिपक्षीय छलफल भए पनि उक्त छलफलले आकार लिन सकेको छैन । काँग्रेसले केन्द्रीय कार्य समितिबाट आफ्नै नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय गरिसकेको छ भने जनता समाजवादी पार्टीले आफूलाई स्पष्ट पार्न सकेको छैन ।
सरकारलाई दिएको समर्थनलगायत कार्यसूचीमा छलफल गर्न आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठक उक्त विषयमा निष्कर्षमा पुग्न सकेन । सोही विषयमा छलफल गर्न बुधवार माओवादीको स्थायी समिति बैठक पुनः बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सरकारलाई दिएको समर्थनबारे छिट्टै निर्णय लिइने बताउँदै आउनुभएका प्रवक्ता श्रेष्ठ वर्तमान सरकारलाई पार्टीको समर्थन नरहेको र औपचारिक रूपमा फिर्ता लिन मात्रै बाँकी रहेको जिकिर गर्नुहुन्छ ।
“यो सरकारलाई हाम्रो समर्थन छैन, हाम्रो गतिविधिले पनि त्यो देखाइरहेको छ”, बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, “औपचारिक रूपमा समर्थन नरहेको लेखेर दिन मात्र बाँकी छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘सरकारलाई सहयोग नगर्ने हो भने समर्थन फिर्ता लिन’ माओवादी केन्द्रलाई सार्वजनिक रूपमै आह्वान गरिरहनुभएको छ ।
माओवादीले संसद् विघटनविरुद्ध एक ठाउँमा उभिएका विभिन्न राजनीतिक दलको सहभागितामा नयाँ सरकार बनाउने विषयलाई निष्कर्षमा पुर्‍याउने निर्णयसमेत गरेको छ । “वर्तमान सरकारलाई हटाएर प्रतिगमनविरुद्ध सङ्घर्ष गर्ने, संविधान र लोकतन्त्र पक्षधर शक्तिको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्तालाई तीव्र रूपमा अगाडि बढाउने र छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको छ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
माओवादीले सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य गरिनु दुःखद भएको जनाएको छ । उहाँले भन्नुभयो, “संसद् बैठकको मिति र समय निश्चित भएको तथा अधिवेशनलाई प्रभावकारी बनाउनुपर्ने अवस्थामा सरकारले संसद् अधिवेशन अन्त्य गर्ने काम ग¥यो । यो कदमलाई पार्टीले विरोध गरेको छ ।” बैठकमा केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभिन्न कार्य क्षेत्रमा रहेका स्थायी समिति सदस्यले ‘रिपोर्टिङ’ गरेका थिए ।
कोभिड नियन्त्रणमा समन्वय गर्न निर्देशन
माओवादीले मुलुकमा कोरोना भाइरसको दोस्रो लहर देखिन थालेको भन्दै नियन्त्रणका लागि उचित निर्णय लिन सरकारलाई आग्रह गरेको छ । कोभिड–१९ नियन्त्रणका लागि जनसमुदायमा सचेतना जगाउँदै महामारी नियन्त्रणमा सहयोग र समन्वय गर्न पनि पार्टी पङ्क्तिलाई निर्देशित गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
कोरोना भाइरस फैलन नदिन विभिन्न आदेश जारी गरेको भए पनि सरकार आफैँले त्यसको उल्लङ्घन गरेको आरोप पनि माओवादीले लगाएको छ । “कोभिड नियन्त्रणका लागि ल्याएको आदेश सरकार आफैँले उल्लङ्घन गरेको छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको नियन्त्रण र व्यवस्थापनप्रति गम्भीर नभएकामा बैठकले दुःख व्यक्त गरेको छ ।” माओवादीले आफैँले बनाएको आचरणको पालना गर्न सरकारलाई आह्वान गरेको छ । स्थायी कमिटी बैठक भोलि अपराह्न पुनः १ बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार