काठमाण्डौंः नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भर्खरै शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबारदेखि सुरु भएको स्थायी कमिटी आज पनि शुरु भएको हो ।
बुधबार अपरान्ह सवा १ बजेबाट शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिर्पोटिङ गर्नेुहुने कार्यसूची रहेको छ भने स्थायी कमिटी सदस्यहरूले समसामयिक विषयमा रिपोर्टिङ गर्ने बताइएको छ ।
बैठकमा पार्टीको विधान संशोधन वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लगायतका विषयमा छलफल हुने बताईएको छ ।
सो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेताहरु नारायणकाजी श्रेष्ठ, देब गुरुङ, कृण्ण बहादुर महरा, पम्फा भुसाल, लिलामणि पाेखरेल, मात्रीका यादब, गिरिराजमणि पाेखरेल, बर्षमान पुन, देबेन्द्र पाैडेल लगायत सहभागी छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया