श्रावण ६, २०८२ मंगलबार July 22, 2025

केपी ओली र माधवकुमार नेपालबीचको भेटवार्ता सकारात्मक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

बुधबार दिउँसो नेता नेपालको सन्देश बोकेर योगेश भट्टराई बालुवाटार पुगेर संवाद र छलफलबाट समस्या समाधान गर्न अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । त्यसपछि बुधबार साँझ नै नागपोखरीस्थित होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा अर्थमन्त्री समेत रहेका नेता बिष्णु पौडेलको पनि उपस्थिति रहेको थियो ।

ओली र नेपालबीचको आज करिब दुई घण्टा लामो वार्ता भएको छ । उनीहरुबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको हो । दुईबीचको वार्ता ‘सकारात्मक निष्कर्षसहित’ सम्पन्न भएको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले बताए ।

नेपालले सञ्चारकर्मीसँग ‘म केही बोल्दिनँ’ भनेर निस्किएको बताइएको छ ।

मंगलबार माधवकुमार नेपाल, झलनाथ खनालसहित २७ जना संघीय सांसद र पाँच कर्णाली प्रदेशका सांसदलाई किन सांसद पदबाट पदमुक्त नगर्ने भन्दै स्पष्टीकरण अध्यक्ष ओलीले सोधेपछि दुई समूहबीच झनै तिक्तता बढेको छ । नेपाल समूह अध्यक्ष ओलीको निर्णय बदरको माग राखेर सर्वोच्च अदालतमा पनि पुगेको छ ।

बुधबार ओली र नेपालबीच भएको भेटवार्ताको तस्बिर ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार