असार २४, २०८२ मंगलबार July 8, 2025

कुश्माका विद्यालय एक साता बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना सङ्क्रमण समुदायमा बढ्न थालेपछि पर्वतको कुस्मा नगरपालिकाले विद्यालयको पठनपाठन एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको आज बसेको बैठकले कुस्मा नगरपालिका भित्रका विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठन भोलिबाट बन्द गर्ने र वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख रामचन्द्र जोशीले सिमाना जोडिएको बागलुङको बलेवामा व्यापकरुपमा कोरोना सङ्क्रमण फैलिएको र कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत सङ्क्रमित भएको हुनाले विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । तर, विद्यालय बन्द भए पनि अनलाइन विधिबाट पढाई सञ्चालन गर्न निर्देशन दिइएको जोशीले बताउनुभएको छ ।

कोरोना सङ्क्रमण जिल्लामा फैलिँदै गएको भन्दै कुस्मा नगरपालिकाले आजदेखि अत्यावश्यक बाहेक कार्यालयको सेवा पनि एक हप्ता सम्मका लागि बन्द गरेको छ ।

सङ्क्रमणको अवस्था हेरेर विद्यालय बन्दको समयावधि थपघटको निर्णय गर्न सकिने गरी बन्दको निर्णय गरिएको नगरप्रमुख जोशीले बताउनुभयो ।

कुश्मामा कोरोना सङ्क्रमण फैलिन नदिन मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ । सभा, सम्मेलन, भेला, जुलुस लगायतका क्रियाकलाप पूर्णरुपमा बन्द गरिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया