श्रावण ७, २०८२ बुधबार July 23, 2025

खनालसहित केही नेताले स्पष्टीकरण बुझाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (एमाले) ले सांसद पदबाट किन कारवाही नगर्ने भन्ने सम्बन्धमा सोधिएको स्पष्टीकरणको जवाफ दिनेक्रम शुरु भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले वरिष्ठ नेता झलनाथ खनालसहित केही सांसदले स्पष्टीकरणको जवाफ पार्टी कार्यालयलाई बुझाएको जानकारी दिनुभयो । उहाँका अनुसार खनालसहित नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ तथा कर्णाली प्रदेशका अमरबहादुर थापा, नन्दसिंह बुढा, कुर्मराज शाही र देवी वलीले स्पष्टीकरणको जवाफ दिनुभएको छ ।

आज स्पष्टीकरणको जवाफ पठाउने अन्तिम दिन भए पनि केहीले मात्र जवाफ पठाउनुभएको हो । यही वैशाख ६ गते बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लङ्घन गरेको आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको थियो ।

केहीलाई दुई दिन र केहीलाई तीन दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न भनिएको थियो । पार्टी अध्यक्ष तथा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको पत्र वैशाख ७ गते ती नेतालाई पठाइएको थियो ।

उहाँहरु सबैलाई एमालेको विधान २०४९ (संशोधन) २०७१ को धारा ४९ (क) ९१० देखि ९७० र ९१२० र ९१४० मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १ (ग) बमोजिम सङ्घीय सांसद र प्रदेश सभा सदस्यलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको थियो । यस्तै एमालेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक पनि बस्ने भएको छ । यही वैशाख ६ गतेदेखि शुरु भएको बैठक भोलि प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने भएको कार्यालय सचिव रिजालले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार