श्रावण ७, २०८२ बुधबार July 23, 2025

ओली गौतमबीच बालुवाटारमा दुईघण्टा वान टु वान्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट निष्काशन गरे पश्चात बालुवाटार नजाने घोषणा गरेका नेता बामदेब गौतम आज प्रधानमन्त्री ओलीसँग दुईघण्टा भेटेर भैंसेपाटी फर्किएका छन् ।

एमाले विभाजनमा ओली- नेपाल कतै नलाग्ने र पार्टी एकता राष्ट्रिय अभियान चलाउने उदघोष गरेका नेता गौतम बिहिबार साँझ ५ बजे सुटुक्क बालुवाटार पसेर गोप्य रुपमा प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका हुन् । उनले त्यहाँ प्रधानमन्त्री ओलीसँग झण्डै दुई घण्टा लामो सम्वाद गरेर फर्किएको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपा एमाले विभाजन देशका लागि अहिले आवश्यक नरहेको र पार्टी विभाजनमा ओली र नेपाल दुवै बराबरी दोषी रहेको भन्दै गौतम पछिल्लो समय कुनै पनि पक्षमा लागेका छैनन् । तर उनका गतिविधि भने एकता राष्ट्रिय अभियानका नाममा संगठन निर्माण प्रयास गर्ने र त्यसैको बलमा बार्गेनिङ गर्ने देखिन थालेको छ ।

एकातिर केन्द्रीय समन्वय समिति घोषणा गर्ने र त्यो नेताहरुलाई सर्कुलर हुन नपाउँदै प्रधानमन्त्री ओली भेट्न बालुवाटार जाने कदमले उनको भूमिका रहस्यमय बनाईदिएको छ ।

प्रधानमन्त्रीको भूमिकाप्रति असन्तुष्ट रहेका गौतमलाई बालुवाटारले एकाएक निम्तो दिएर भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा भएका छलफलका विषय गोप्य राखिएका छन् । दुवै पक्षले भेट भएको पुष्टि गरेपनि भेटमा भएका कुराकानीका बारेमा केही खुलाएका छैनन्।

गौतमलाई आफुतिर आउन, आफुपछिको नेता बन्न र सरकारमा रोजेको मन्त्रालय लिन ओलीले अफर गरिरहेका छन् । आजको सम्वादमा पनि गौतमलाई चुनावी सरकारमा सहभागी भएर सँगै हिड्न आफु तयार रहेको जानकारी गौतमलाई ओलीले गराएको स्रोतहरुको दाबी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार