श्रावण ७, २०८२ बुधबार July 23, 2025

युवा संघ नेपालको पदाधिकारी बाँडफाँट – स्थायी कमिटीमा ९६ र सचिवालय कमिटीमा २१४ सदस्य रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले) झलनाथ- माधब समुह निकटको युवा संघ नेपालको पदाधिकारी बैठकले जिम्मेवारी बाँडफाँट गरेकोे छ । शुक्रबार जारी संघका अध्यक्ष नरेश शाहीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले युवा संघको केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको हो ।

संगठनको दैनिक गतिविधि सञ्चालन गर्न संघका अध्यक्ष शाहीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यालय कमिटी गठन गरिएको छ । सदस्यमा वरिष्ठ उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, उपाध्यक्ष कृष्णहरि के.सी., उपाध्यक्ष नितेश पौडेल, महासचिव दीपक जि.एम., उपमहासचविहरु सञ्जिप राई, रोशन थापा, अशोककुमार दाहाल, निर्भिक खनाल, सचिव नरेश गिरी र कोषाध्यक्ष दिपक दुवाडी छन् ।

यसैगरी बैठकले संघको पुर्व उपाध्यक्ष हस्तबहादुर शाही संयोजक र संघका पुर्व सचिव सुरेन्द्रमान कार्की सचिव रहेको २१ सदस्यीय सल्लाहकार समिति गठन भएको युवा संघका प्रचार बिभाग प्रमुख संजिप राईले बताए ।

यसैगरी प्रदेश १ को इन्चार्जमा मुना शर्मा, सहइन्चार्जमा गौरिमान परियार, नरेन्द्र बस्नेत, संयोजकमा प्रत्युस राना, सचिवमा सन्दीप राई, प्रदेश २ को इन्चार्जमा निरन्जन झा, सहइन्चार्जमा अरुण यादव, संयोजकमा अर्जुन सिंह, सचिव दिग्म्बर पाठकलाई जिम्मेवारी दिईएको छ ।

वागमती प्रदेशको इन्चार्जमा रोशन थापा, सहइन्चार्जमा मिन श्रेष्ठ, संयोजकमा फुर्वा लामा, गण्डकी प्रदेशको इन्चार्जमा कृष्ण विश्वकर्मा, सहइन्चार्जमा हिरालाल विक, संयोजकमा कमल गैरे, लुम्बिनी प्रदेशमा इन्चार्ज सरिता श्रीस, सहइन्चार्जमा हिमाल थापा, संयोजकमा किशोर थापा, सचिवमा किरण नेपाल छन् ।

कर्णाली प्रदेशमा इन्चार्जमा खडक शाही, सहइन्चार्जमा आदीप्रसाद न्यौपाने, मन्जु रावल, संयोजकमा अनिल बोगटी, सुदुरपश्चिम प्रदेशमा इन्चार्ज प्रकाश रोकाय, सहइन्चार्जमा मदन गिरी, संयोजक बाबुराजा श्रेष्ठ, सचिवमा मोहन साउद र गैरभौगोलीक प्रदेशमा इन्चार्ज अशोक दाहाल र संयोजकमा विकास ज्ञवाली छन् ।

संगठन विभागको प्रमुखमा नितेश पौडेल, स्कुल बिभाग प्रमुखमा कृष्णहरी केसी, प्रचार बिभाग प्रमुखमा संजिप राई, आर्थिक बिभाग प्रमुखमा दिपक दवाडी, कार्यालय बिभाग प्रमुखमा नरेश गिरी, महिला बिभाग प्रमुखमा प्रेमा लामा, बिदेश बिभाग प्रमुखमा निर्भिक खनाल, प्रकाशन विभाग प्रमुखमा लक्ष्मण घिमिरे सहित बिभिन्न ३५ बिभागका प्रमुख तोकिएको संघका प्रचार बिभाग प्रमुख राईले बताए ।

यसैगरी स्थायी कमिटीमा ९६ सदस्यीय र सचिवालय २१४ सदस्यीय बनाईएको छ । जिल्लाको इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी समेत बाँडफाँट गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
२०८२ श्रावण ७, बुधबार