श्रावण ७, २०८२ बुधबार July 23, 2025

‘सरल, शालीन र सादगी जीवन मनमोहनका गुण’ – उपप्रधानमन्त्री पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औँ स्मृति दिवसका अवसरमा आज ललितपुरस्थित मनमोहन स्मृति प्रतिष्ठानमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

उपप्रधानमन्त्री एवं नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेललगायतले सो स्थानमा पुगी पार्टीका तत्कालीन अध्यक्षप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । कोभिड–१९ को महामारीका कारण उहाँको स्मृतिमा थप कार्यक्रम आयोजना गरिएको छैन । सो प्रतिष्ठानका अध्यक्ष पोखरेलले नेता अधिकारीले स्थापना गर्नुभएका आदर्श, सिद्वान्त र मूल्यमान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताउनुभयो । “सरल, शालीन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन्”, उपप्रधानमन्त्री पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

नेता अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेल्नुभएको जनाउँदै पोखरेलले भन्नुभएको छ, “आजको यस विशेष दिनले नेकपा (एमाले)का सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई एक ढिक्का भई पार्टी काममा सक्रिय रहन ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।”

विसं २०५१ मा प्रधानमन्त्री निर्वाचित अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा एमाले र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो । तत्कालीन सरकारका लोकप्रिय कार्यक्रम अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् । “उहाँको नेतृत्वको तत्कालीन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन्”, पोखरेलको विज्ञप्तिमा भनिएको छ । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल आजकै दिन निधन भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार