असार २९, २०८२ आइतबार July 13, 2025

आन्तरिक हवाई उडान सुचारु राख्ने सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मन्त्रिपरिषदको बैठकले आन्तरिक उडान चालु राख्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा सोमबार साँझ बसेको बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसलाई परिमार्जनसहित पारित गरेको हो ।

कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले गरेका सिफारिस पनि पारित गरेको छ ।

बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

सरकारले विदेश जानेका लागि पीसीआर परीक्षण गर्नका लागि ५ ल्याबलाई अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले सीसीएमसीको सिफारिसअनुसार २०० सक्रिय कोरोना संक्रमित भएका पहाडी जिल्लामा निषेधाज्ञा लगाउने र ५०० सय सक्रिय संक्रमित रहेका सहरी क्षेत्रमा पनि निषेधाज्ञा लगाउने निर्णय पारित भएको छ ।

कोरोना संक्रमितको संख्या बढ्न लागेको भन्दै  तत्काल सबै प्रकारका परीक्षा स्थगित गर्न र सबै विद्यालय बन्द गर्न सीसीएमसीले गरेको सिफारिस पनि बैठकले पारित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार