श्रावण ७, २०८२ बुधबार July 23, 2025

जसपा पदाधिकारी बैठक बिना निष्कर्ष टुंगियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठक बिना निष्कर्ष टुंगिएको छ । मंगलबार जसपाको केन्द्रिय कार्यालय बालकुमारी ललितपुरमा बसेको पदाधिकारी बैठकमा  नेताहरुबीच सहमति हुन नसक्दा बिना निष्कर्ष टुंगिएको हो ।

आज भएको छलफलमा सरकारलाई अविश्वासको प्रस्ताव अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा कुनै ठोस टुंगो नलागी बैठक सकिएको सहभागि एक नेताले बताए ।

जसपाभित्र अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका केहि शिर्ष नेताहरु सरकारको विपक्षमा उभिएका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर र बरिष्ट नेता राजेन्द्र महतोले सरकारले आफ्ना मागहरु सम्बोधन गरे केपी ओली सरकारलाई निरन्तरता दिने पक्षमा रहेका छन् ।

तर, जसपाभित्रै पनि अन्यौलता बढेकोले यस विषयमा सहमति हुन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया