असार २९, २०८२ आइतबार July 13, 2025

जसपाका १२० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले मधेश आन्दोलनसँग सम्बन्धित जसपाका १२० जना नेता-कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै तराई–मधेश आन्दोलनसँग सम्बन्धित विभिन्न १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

प्रवक्ता गुरुङले जनता समावादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेका माग सम्बोधन गर्न सरकारले मुद्दा फिर्ता लिएको जनाएका हुन् ।

जसपाले मधेश आन्दोलन र थरुहट आन्दोलनका क्रममा आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार