असार २४, २०८२ मंगलबार July 8, 2025

कोभिड त्रासले जुम्लाका सबै विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः खलङ्गा– कोराना सङ्क्रमणदर तीव्ररूपमा बढिरहेको बेला जुम्लामा वैशाख १५ (आज)देखि विद्यालय बन्द गर्ने निर्णय भएको छ । यहाँ रहेका सरकारी, सामुदायिक, निजी विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमण हुन नदिनका लागि वैशाख १५ देखि विद्यालय बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईँले बताउनुभयो ।

तत्कालका लागि कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका विद्यालय बन्द गरिने निर्णय गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईँले भन्नुभयो, “निर्णयबमोजिम यहाँका सरकारी तथा सामुदायिक विद्यालयमा पत्राचार हुनेछ । बैठकले जिल्ला बाहिरबाट प्रवेश गर्ने मानिसको लगत सङ्कलन गर्ने, जुम्ला–कालिकोटको सिमाना नाग्ममा हेल्प डेस्क स्थापना गर्ने र प्रत्येक वडास्तरमा लगत सङ्कलन गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने निर्णय गरेको हो ।”

यसैगरी गाउँपालिकाभित्र सङ्कलन भएको लगत जानकारी गराउनका लागि हरेक गाउँपालिकामा सम्पर्क व्यक्ति तोक्नेसमेत निर्णय भएको सहायक प्रजिअ चौलागाईँले बताउनुभयो । “कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले नगरपालिका, गाउँपालिकामा सभा, समारोह, भेला, गोष्ठी गर्दा बढीमा १५ जना जम्मा गर्न पाउन निर्णय गरेको छ । त्यस्ता काममा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने, घटना घटिसकेको अवस्थामा चाहिने सामग्री सहयोगका लागि सरकारी तथा गैरसकारी निकायसँग सहयोग माग्नेसमेत निर्णय भएको छ ।

हरेक गाउँपालिकाले कोभिड–१९ नियन्त्रणसम्बन्धी रणनीतिक योजना बनाउनुपर्ने र तीन दिनपछि बस्ने सङ्कट व्यवस्थापन समितिको बैठकमा पेश गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । पछिल्लो जुम्लामा नौ सङ्क्रमित भेटिएका छन् । अस्पतालमा उपचारमा आएका बिरामीको पिसिआर परीक्षण उनीहरूमा सङ्क्रमण भेटिएको हो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार