असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यार्थी गाउँ फर्किन थालेपछि पाल्पा सदरमुकाम सुनसान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  कोभिड -१९ ले महामारीको रूप लिन लागेपछि स्थानीय प्रशासनले पाल्पामा यही वैशाख १७ गते राती १२ः०० बजेबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेपछि सदरमुकाम तानसेनबाट गाउँ फर्किनेहरूको सङ्ख्या बढेको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि सदरमुकाममा डेरा गरी बसेकाहरू खाद्यान्न, तरकारी जस्ता बस्तुको समस्या टार्न र स्वास्थ्य सुरक्षाको खोजीमा गाउँ फर्किन लागेका हुन ।

विद्यार्थी गाउँ फर्किन थालेपछि पाल्पा सदरमुकाम अहिले सुनसान हुन थालेको छ । पाल्पाको प्रमुख शैक्षिक केन्द्र बनेको तानसेनमा विद्यार्थी गाउँ फर्किन थालेपछि सुनसान बन्न थालेको हो ।

तानसेनमा डेरा गरी बस्ने विद्यार्थी सुरज घिमिरेले क्याम्पस बन्द भयो, कहिले खुल्छ थाहा छैन । त्यसैले घरमै सुरक्षित हुने हुँदा घर जान लागेको बताउनुभयो ।

विद्यार्थी मात्र नभई गाउँबाट समेत सरकारी प्रयोजनको लागि सदरमुकाम आउनेको सङ्ख्यामा कमी हुन थालेपछि  अहिले पाल्पाका होटल, पसल समेत सुनसान भएका छन् ।

जिल्लामा हाल २ सय ४८ जनामा कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । यो सङ्ख्या दैनिक बढ्दै गइरहेको अवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार