श्रावण ८, २०८२ बिहिबार July 24, 2025

जसपामा आठ रेक्टरको भुईचाँलोः सरकारमा जाँदै महन्त – तनावमा उपेन्द्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले मधेश आन्दोलनका बेला लगाइएका विभिन्न १५ वटा मुद्दाहरु फिर्ता लिने निर्णय सार्वजनिक गरेलगत्तै जनता समाजवादी पार्टी नेपालका केही नेताहरु तनावमा परेका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले मधेश आन्दोलनका क्रममा तराई- मधेशका १२० जना नेता तथा कार्यकर्ताहरुमाथि लगाइएका विभिन्न १५ प्रकृतिका मुद्दाहरु फिर्ता लिने निर्णय गरेको हो ।

ओली सरकारको यो निर्णयबाट जसपामा दुई विचारधारामा विभक्त एक समूहमा हर्ष देखिएको छ भने अर्को समूहमा ठूलो बज्रपात परेको बताईएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलगायतले केही दिनयता मधेशका मुद्दाहरु सम्बोधनार्थ बारम्बार बालुवाटार धाइरहेका थिए । अर्कोतिर केपी ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट हटाउनैपर्ने भन्दै आएका छन् ।

प्रधानमन्त्री ओली प्रतिगमनकारी रहेको, उनले कुनै पनि हालतमा मधेशको मुद्दा सम्बोधन गर्दैन लगायतका कुराहरु सार्वजनिक रुपमा भन्दै आएका थिए । तर महन्थ–राजेन्द्र पूर्ण विश्वस्त थिए कि माग सम्बोधन हुन्छ ।

किनभने आवश्यकता र औचित्य ओलीले महसुस गरेको र माग सम्बोधन गर्न बाहेक कुनै विकल्प नरहेको महन्थ र राजेन्द्रले राम्ररी बुझिसकेका थिए ।

उपेन्द्र यादवले यही ओली सरकारसँग लिखितरुपमै सहमति गरेर सरकारमा उपप्रधानमन्त्री दिँदा उनको हैसियत एउटा राज्यमन्त्रीभन्दा बढी देखिएको थिएन । एक वर्षभन्दा बढी समयसम्म ओली सरकामा उपेन्द्र बस्दासम्म कहिल्यै पनि आफूले गरेको सहमतिबारे पहल गरेनन् । तर जब आफूलाई क्रान्तिकारी देखाउन ओली सरकारको नै आलोचना गर्न थालेपछि अपमानजनक बहिर्गमन भयो ।

सोही अपमानजनक बहिर्गमनको बदलाभावका कारणले उपेन्द्रले ओलीलाई हटाउने अभियानमा जुटेका थिए । जसरी पनि ओलीलाई हटाउनै पर्ने अभियानमा उपेन्द्र लगभग असफल नै भइसकेका छन् ।

आफू सरकारमा भएर एउटा सिन्कोसमेत भाँच्न सकेन तर महन्थ र राजेन्द्र सरकारबाहिर भएर पनि मागहरु पूरा भइरहेको हुँदा उपेन्द्र तनावमा पर्दै गइरहेका छन् । यतिबेला उपेन्द्र तनावमा रहेको कतिपयको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार