असार २२, २०८२ आइतबार July 6, 2025

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लुम्बिनी प्रदेशसभाको  विशेष अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन अन्त्यका लागि सिफारिश भएपछि अधिवेशनको औचित्य समाप्त भई  आज अधिवेशन अन्त्य भएको हो ।

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँस गर्दै विशेष अधिवेशन अन्त्य भएको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आजदेखि अधिवेशन अन्त्य गर्नुभएकाले प्रदेशसभा नियमावली २०७४ को नियम ३(३) बमोजिम प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचनापत्र प्रकाशन गरिएको उल्लेख छ ।

प्रदेशसभामा मुख्यमन्त्री पोखरेलमाथिको अविश्वासको प्रस्तावमा छलफल हुने र सोमबार मतदान हुने कार्यक्रम थियो । मुख्यमन्त्री  पोखरेलको राजीनामापछि प्रदेश सरकारको जोडघटाउ शुरु भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार