काठमाडौंः पोखरा विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यलयबाट प्रवाह गरिने सम्पुर्ण सेवाहरु बन्द गरेको छ ।
कोरोना संक्रमण फैलिरहेको अवस्थामा सिसिएमसीको निर्देशन अनुसार अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गर्ने भनिए अनुसार परीक्षा नियन्त्रण कार्यलयबाट गरिने सबै सेवा बन्द गरेको हो ।
अर्को सूचना प्रकाशन नभएसम्मको लागि बन्द गरिएको पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले सूचना मार्फत जनकारी गराएको छ ।
त्यसैगरी परीक्षाफलमा चित्त नबुझि रिचेकिङ्ग,रिटोटलिङ गर्न चाहाने विद्यार्थीहरुको लागि बैशाख २६ गतेसम्म हदम्याद भए पनि कोभिड -१९ को कारण विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेकोले रिचेकिङ्ग,रिटोटलिङको फारम भरी लाग्ने शुल्कको भौचर समेत कार्यलयमा तोकिएको मितिमा ल्याउने अवस्था नरहेकोले अनलाइन वा ईमेल मार्फत पठाउन जनकारी दिएको छ ।
रिचेकिङ्ग,रिटोटलिङ गर्दा लाग्ने दस्तूर कार्यलयको बैङ्क खातामा जम्मा गरी बैङ्क मार्फत जम्मा गरेको भौचर र विषय उल्लेख गरी कलेजमा ईमेल गर्न लगाई सम्बन्धित कलेजले समयसिमा भित्र एकमुष्ट रुपमा विश्वविद्यालयको सम्बन्धित कार्यलयको ईमेलमा पठाउन भनिएको छ । खबर एजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया