असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यालय भवन पुनर्निर्माण ९० प्रतिशत सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गोरखा भूकम्प गएको छ वर्षको अवधिमा ९० प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ ।  विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १५६ वटा विद्यालयमध्ये १०६ वटा विद्यालयका भवन पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

एकाइका प्रमुख अशोक पराजुलीले जिल्लामा १० प्रतिशत अर्थात् ५७ वटा विद्यालय भवन मात्र पुनर्निर्माण गर्न बाँकी रहेको जानकारी दिनुभयो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/२०७७ मा २२ वटा, आव २०७५/७६ ६८ वटा, आव २०७४/७५ मा आठ वटा र आव २०७३/२०७४ मा ८ वटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको थियो ।
जिल्लामा ६९ शौचालय पुनर्निर्माण गर्नुपर्नेमध्ये ४० शौचालय पुनर्निर्माण भएको छ भने २९  शौचालय निर्माणाधीन रहेको छ । त्यस्तै ३६ वटा खानेपानी पुनर्निर्माण गर्नुपर्नेमध्ये पाँच खानेपानी धारा सम्पन्न भएको र २९ वटा खानेपानी निर्माणाधीन रहेका छन् । ती निर्माणाधीन सबै योजना यस चालू आर्थिक वर्षको असार महिनाभित्रै सम्पन्न गर्दै विद्यालय पुनर्निर्माणको कार्य सम्पन्न गर्ने एकाइ प्रमुख पराजुलीले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार