काठमाडौंः प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसिडी) शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउन अर्थमन्त्रालय सकरात्मक देखिएको छ ।
विगत पाँच वर्ष देखि प्रारम्भिक वालविकास कक्षा सहयोगीको तलब बढाउन शिक्षा मन्त्रालयले आग्रह गरे पनि मन्त्रालयले वेवास्था गर्दे आएकोमा यो वर्ष भने अर्थमन्त्रालय सकरात्मक देखिएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसिडी) शिक्षकलाई कम्तीमा प्रावि शिक्षक सरह तलब दिन अर्थ मन्त्रालयलाई दबाब दिदै आएको मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसिडी) शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउन शिक्षा मन्त्री आफै निरन्तर लागि परेको जनाएको छ ।
त्यसैगरी ईसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब वढाउन अर्थ मन्त्री बिष्णु पौडेल सकारात्मक रहेको बताए । ईसिडी शिक्षक र विद्यालय कर्मचारीको तलबका विषयमा आगामि बजेटमा माग सम्बोधन हुने जानकारी दिएका छन् ।
लामो सामयदेखि ईसिडी शिक्षक र विद्यालय कर्मचारीहरुले श्रम ऐन अनुसार पनि पारिश्रमिक नपाएको र न्युन पारिश्रमिकमा काम गर्नु परेको गुनासो गर्दै आईरहेका छन् । हाल देशभरमा करीब बत्तिस हजार प्रारम्भिक वालविकास कक्षा सहयोगी शिक्षक रहेका छन् । खबर एजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया