श्रावण ७, २०८२ बुधबार July 23, 2025

प्रधानमन्त्रीको प्रस्ताव देउवाद्वारा ठाडै अस्वीकार – संसदबाट विश्वासको मत लिने ईच्छा अधुरै हुने संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने ईच्छा अधुरै हुने संकेत देखिएको छ ।

सत्तारुढ नेकपा एमालेका शिर्ष नेताहरुसहित काँग्रेस सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर सहकार्यको प्रस्ताव राखेका प्रधानमन्त्री ओलीलाई सभापति शेर बहादुर देउवाले खाली हात फर्काएसँगै वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने ईच्छा अधुरै हुने भएको हो  ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार विश्वासको मतका लागि वातावरण बनाउन दलबलसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।

तर, जवाफमा कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट बताएपछि ओलीको टोली खालिहात फर्केको थियो । ओलीलाई देउवालगायतका नेताले अध्यादेशबाट देश चलाउन खोजेको, संविधानप्रति सरकार प्रतिवद्ध नरहेको र कोरोना नियन्त्रणमा सरकार गम्भीर नरहेको भन्दै ध्यानाकार्षण गराएका थिए ।

प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जसपा अध्यक्ष महन्थ ठाकुर समुहलाई मनाइसकेको दाबी गरिएको छ भने पछिल्लो पटक देउवालाई पनि आफ्नो साथमा ल्याउने कोशिस स्वरुप बुढानिलकण्ठ पुगेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार