श्रावण ८, २०८२ बिहिबार July 24, 2025

विपक्षीहरुको मत विश्लेषण पछि मात्रै निर्णय गर्ने एमाले स्थायी कमिटिको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आजको बैठकमा नेताहरुले राष्ट्रियसभाको उपनिर्वाचन र विश्वासको मतबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभाको आसन्न उपनिर्वाचन प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गते लिन लागेको विश्वासको मतका बारेमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको हो ।

सञ्चारकर्मीहरुसँग ज्ञवालीले भन्नुभयो, ‘राष्ट्रियसभाको उपनिर्वाचनबारे छलफल भयो, प्रधानमन्त्रीले नेकपा एमालेका उम्मेदवारलाई जिताउने तयारी गर्ने गरी विभिन्न सुझाव लिनुभएको छ । हामीले जनप्रतिनिधिहरु र मतदातासँग कुराकानी गर्ने भनेका छौं । अब उम्मेदवारबारे छिट्टै तय हुन्छ ।’

जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा वाग्मतीबाट गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाइने भनिए पनि विपक्षीहरुबीच गठबन्धन बनेकाले अब मत विश्लेषण पछि मात्रै निर्णय गर्नेमा प्रधानमन्त्री ओली पुग्नुभएको छ ।

अकोृ प्रसंगमा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘आजको बैठकमा विश्वासको मतको सन्दर्भबारे छलफल गरेका छौं । विश्वासको मत प्राप्त हुन्छ ।’

यही वैशाख २७ गते संसदमा विश्वासको मत लिने भन्दै ओलीले विशेष अधिवेशन बोलाउनुभएको छ भने माओवादी केन्द्रले बुधबार सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।

वागमती प्रदेशमा एमालेको एकल बहुमत रहेकाले गृहमन्त्री थापालाई उठाउने निर्णय गरेका प्रधानमन्त्री ओली माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई उम्मेदवार बनाएपछि हच्कनुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
२०८२ श्रावण ८, बिहिबार
विदेशी मुद्राको आजको विनिमय दर : डलर १३८, युरो १६२, पाउण्ड १८७
२०८२ श्रावण ८, बिहिबार
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
कम्पनी रजिस्टार कार्यालयमा खुलेआम घुस
२०८२ श्रावण ८, बिहिबार
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार