असार २४, २०८२ मंगलबार July 8, 2025

निषेधाज्ञामा शिक्षक विद्यालय उपस्थित नभए तलब काटीने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङको ऐसेलुखर्क गाउँपालिकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरे पनि शिक्षक विद्यालय उपस्थित हुनै पर्ने निर्णय गरेको छ ।

विपद व्यवस्थापन समितिको बुधबार बसेको बैठकले कोभिड–१९ संक्रमण रोकथामका लागि निषेधाज्ञा गर्ने निर्णय गरे पनि शिक्षक विद्यालयमा उस्थित हुनै पर्ने निर्णय गरेको हो ।

विद्यार्थीको भौतिक उपस्थितिमा हुने पठन–पाठन बन्द गर्ने र वैकल्पिक माध्यमबाट सिकाई सहजीकरण गर्दै विद्यालय प्रशासन नियमित सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

साथै निषेधाज्ञाको समयमा शिक्षक विद्यालयमा अनुपस्थित भए नियमानुसार गयल कट्टा गरी तलव भत्ता कट्टा गर्न गाउँपालिका समक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

गाउँपालिकाले आगामी बैशाख २५ गते बिहान ६ बजे देखि बैशाख मसान्तसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ । बैठकले गाउँपालिका अन्तरगतका सम्पूर्ण सरकारी तथा गैर–सरकारी कार्यालय, वित्तीय संघसंस्था तथा अन्य सामाजिक संघ–संस्थाको आतिआवश्यक बाहेकका सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरी निषेधाज्ञा गर्ने तयारी गरिएको बेला शिक्षकलाई भने विद्यालयमा अनिवार्य उपस्थिति हुनु पर्ने निर्णय गरिएको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार