असार २२, २०८२ आइतबार July 6, 2025

प्रतिनिधिसभाको बजेट अधिवेशनको तयारी तीव्र, सचिवालयलाई व्यवस्थापनको चटारो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना महामारीकै बीच संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको अधिवेशन आव्हान भएपछि बैठकको तयारी भइरहेको छ । ४ जना सांसदलाई कोरोना पोजेटिभ देखिइसकेकेको छ भने केही सांसदको रिपोर्ट आउनै बाँकी छ । कोरोना संक्रमणको जोखिका बेला बस्न लागेको संसद बैठकको तयारी कस्तो हुँदैछ त ?

 

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन लागेपछि संघीय संसद सचिवालयलाई अहिले व्यवस्थापनको चटारो देखिएको छ । आकस्मिक रुपमा बैठक आव्हान भएसँगै बैठक हलमा प्रवेश गर्ने सबैको पीसीआर परीक्षण गरिएको छ ।

संसद सचिवलायका अनुसार बुधबार १२८ जना सांसदसहित कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ४८१ जनागरि जम्मा ६०९ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये ४ सांसद र २ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यस्तै, विहीबार करिब साढे ५ सय जनाको स्वाब संकलन गरिएको छ । संसदमा कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक र अर्काे सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्ने व्यवस्था मिलाएको छ ।

कोरोना महामारीकै बेलामा अघिल्लो वर्ष बीचमा एउटा कुर्सी खाली राखेर सांसदहरुलाई बस्ने व्यवस्था मिलाइएकोमा अहिले भने दर्शक दीर्घालाई पनि बैठक कक्षका रुपमै प्रयोग गरिने भएको छ । सुरक्षा शतर्कता अपनाएर बैठक सञ्चालन गर्नेगरि सम्पूर्ण तयारी भइरहेको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डे बताउँछन् ।

विशेषज्ञ टोलीले सिट व्यवस्थापन गर्दा कम्तीमा दुई मिटरको दूरी कायम गर्न, सेनिटाइजर पर्याप्त स्थानमा राख्न, जमघट र भेटघाट हुने चमेनागृह र शौचालय जस्ता स्थानमा आलोपालो मिलाएर जान र फर्कनका लागि फरकफरक बाटो तय गर्न सुझाव दिएको थियो ।

बैठक कक्षका झ्यालढोका पूर्णरुपमा खोल्न, आवागमन सहज तुल्याउन र विशेषज्ञ स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राख्न पनि टोलीले सचिवालयलाई परामर्श दिएको छ । सभामुख र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक रहने कार्यव्यवस्था परामर्श समितिले छलफलपछि तय गरिने कार्यसूचीका आधारमा अधिवेशन कसरी अघि बढाउने भन्ने निर्याैल हुनेछ ।

त्यस्तै, कोरोना संक्रमित सांसदहरुलाई विश्वासको मतको प्रक्रियामा कसरी सहभागी गराउने भन्ने विषय पनि कार्यव्यवस्था परामर्श समितिले नै टुंगाउने प्रवक्ता पाण्डे बताउँछन् ।

जनताको सार्वभौम थलो मानिन्छ संसद । प्रतिकूल परिस्थितीमा संसदको महत्व अरु बेला भन्दा झन् बढी हुनेगर्छ । नेपालमा भने प्रतिकुल परिस्थितिमा मौकामा चोका हान्नेहरुका लागि लगाम लगाउनसक्ने निकाय संसद बन्द प्राय हुने गरेको छ ।

कोरोना महामारी नियन्त्रणमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार र अनियमितता डरलाग्दो देखिएको छ । यस्तो बेलामा सरकारलाई जवपाmदेही बनाउन र जनताको जीवन रक्षाका लागि खबरदारी गरिरहन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर संसदलाई सँधै खुला गर्न जरुरी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार