श्रावण ७, २०८२ बुधबार July 23, 2025

एमाले विवाद मिलाउन राष्ट्रपतिदेखि दोस्रो तहका नेतासम्म सक्रिय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले)को एकता जोगाउनका निम्ती आफूले गरेका निर्णय मानेर पार्टी गतिविधिमा संलग्न हुन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले समानान्तर गतिविधि गरिरहेको वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्षलाई आग्रह गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका संगठन विभाग प्रमुख विष्णु पौडैललगायतलाई पछिल्ला दिनमा पार्टीको विवाद मिलाउन परिचालन गरेका ओली आफैंले पनि नेपाल पक्षका नेताहरूसँग पटक-पटक छलफल गरेका छन् ।

छलफलमा सहभागी खनाल-नेपाल पक्षका नेताहरूले अध्यक्ष ओलीले पार्टी एकताका लागि ठोस प्रस्ताव अगाडि नसारेको र आफूहरूले राखेको प्रस्तावमा पनि स्वीकृति नजनाएको बताएका छन् ।

एमालेको विवाद उत्कर्षमा पुगेको बेला राष्ट्रपति भण्डारीले बिहीबार साँझ नेता नेपालसँग झन्डै पौने ३ घण्टा छलफल गरेकी थिइन् । राष्ट्रपति कार्यालय सितल निवासमा भएको छलफल एमालेको एकता जोगाउने विषयमा केन्द्रित भएको बताइएको छ ।

राष्ट्रपति र नेता नेपालबीच छलफल भइरहेका बेला प्रधानमन्त्री निवासमा अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईसँग छलफल गरेका थिए । झन्डै ३ घण्टा भएको छलफलमा पनि एकताको शुत्र नभेटिएको छलफलमा सहभागीले बताएका छन् । कान्तिपुर दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार