काठमाडौं: मन्त्रीपरिषदको बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड-१९ युनिफाइड अस्पताल बनाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । पाँच सय शय्याको युनिफाइड अस्पताल बनाउने निर्णय सरकारले गरेको हो।
‘देशैभरका अरु अस्पतालाई पनि त्यसले म्यानेज गर्छ। सुरुवातामा ५ सय शय्याको हुनेछ । कोभिड-१९ युनिफाइड अस्पताल बनाउने निर्णय भएको छ,’ ज्ञवालीले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको बैठक बोलाएका थिए। वैशाख २७ मा लिन लागेको विश्वासको मतबारे मन्त्रिपरिषदले केही निर्णय गर्नसक्ने बताइएको भए पनि त्यसबारे कुनै निर्णय नभएको मन्त्रीहरुले बताएका छन्। ओलीले विश्वासको मत लिनुअघि छलफललाई तीव्रता दिएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया