श्रावण ७, २०८२ बुधबार July 23, 2025

जोशीको निधनले प्रजातान्त्रिक आन्दोलनलाई नोक्सान : वरिष्ठ नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता एवम् पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो नोक्सान पुगेको बताउनुभएको छ ।

स्व जोशीको ४५औँ पुन्यतिथिका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘श्रद्धाञ्जलि सभा’मा उहाँले जोशीको निधनले देशले होनहार र उदीयमान नेता गुमाएको बताउनुभएको हो ।

“लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र कांग्रेसभित्र खड्किनेछ”, उहाँले भन्नुभयो । पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताको घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका नेताले पाठ सिक्नुपर्ने उहाँको भनाइ थियो ।

नेता पौडेलले उद्योगमन्त्री हुँदा स्व जोशीले बन्द हुन लागेका उदयपुर सिमेन्ट उद्योग, हेटौँडा सिमेन्ट उद्योग र औषधि व्यवस्था विभागलगायतमा कुशलतापूर्वक नेतृत्व गरेर पुनर्जीवन दिएको स्मरणसमेत गर्नुभयो ।

बौद्धिक, विचारशील र कर्मशील व्यक्तित्व जोशीको निधनमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको नेता पौडेलले बताउनुभयो । नेपालमा लोकतन्त्र साकार गरेमात्र स्व जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँको भनाइ थियो ।

कांग्रेस नेता प्रकाशमान सिंहले स्व जोशी पार्टीको नेता मात्र नभएर प्रजातान्त्रिक आन्दोलनको सशक्त व्यक्ति भएको बताउनुभयो । “मूल्य मान्यता र आदर्शको राजनीतिमा अडिग र प्रतिकूल अवस्थामा नझुक्ने नेता स्व जोशी हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । नेपाली कांग्रेसमात्र नभएर देशलाई नै नेतृत्व गर्ने क्षमता स्व जोशीमा रहेको उहाँको भनाइ थियो ।

नेता सिंहले गणेशमान सिंहलाई जीवन्त राख्न स्व जोशीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । गणेशमान सिंह अध्ययन प्रतिष्ठानलाई निरन्तर रुपमा अगाडि बढाएमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँले बताउनुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले जोशीको निधनले पार्टी र देशले एक योग्य नेता गुमाएको बताउनुभयो । स्व जोशीको योजनाअनुसार नै प्रतिष्ठानलाई अगाडि बढाउने उहाँको भनाइ थियो ।

प्रतिष्ठानका सचिव डा भुपेन्द्र बस्नेतले स्व जोशी इमान्दार र असल नेतृत्वकर्ता भएको बताउनुभयो । प्रतिष्ठानका सदस्य एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा केदारभक्त माथेमाले स्व जोशी युवा जोस भएको जाँगरिलो नेता भएको बताउनुभयो ।

स्व जोशीकी धर्मपत्नी सपना जोशीले स्व जोशी परिवारभन्दा पनि देश र जनतालाई माया गर्ने व्यक्ति भएको बताउनुभयो । गणेशमान सिंह अध्ययन प्रतिष्ठानलाई निरन्तर अगाडि बढाए जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँको भनाइ थियो ।

कांग्रेस नेता राजुराज जोशीले स्व जोशीको योगदान पार्टीले मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । प्रजातन्त्रका लागि कोहीसँग नझुक्ने नेता स्व जोशी भएको उहाँको भनाइ थियो । विसं २०१९ मा काठमाडौँमा जन्मनुभएका जोशीको विसं २०७७ चैत १३ गते नर्भिक अस्पताल थापाथलीमा निधन भएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार