श्रावण ७, २०८२ बुधबार July 23, 2025

सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउन कांग्रेस प्रदेश १ को माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस प्रदेश संसदीय दलले प्रदेश १ का सबै सरकारी अस्पतालहरुलाई कोभिड–१९ अस्पताल बनाउन माग गरेको छ । आइतबार प्रदेश सभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख सचेतक केदार कार्कीले सरकारको संवेदनहीनताका कारण अहिले भयाभह अबस्था आएको आरोप लगाए ।

‘अब हामीसँग कुनै समय र उपाय छैन त्यसैले जनतालाई मृत्यु हुनबाट जोगाउने हो भने तुरुन्त सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा परिणत गर्नुपर्छ,’ कार्कीले भने, ‘आमनागरिकले गेटबाटै फर्किनु पर्ने र बाटोमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।’

प्रदेश सरकारले अहिलसम्म ६ ठूला अस्पतालमा कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाएको छ । तर धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० बेड कोरोनाका लागि छुट्याएको भन्दै सरकारले झुठो प्रचार गरेको कार्कीले अरोप लगाए । उनले भने, ‘धरानमा ३० वटा वेड मात्र सञ्चालनमा छन् ।’

अहिले प्रदेश सरकारको व्यवस्थापनमा रहेको मेची अस्पताल र कोभिड–१९ उपचार केन्द्र पनि संक्रमितहरुले भरिएको छ । भएका अस्पतालसमेत पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसक्नु सरकारको लाचारी पन भएको कांग्रेसको आरोप छ ।

प्रदेश १ मा बैशाख १७ गते ३३.३० प्रतिशतमा रहेको कोरोना संक्रमण दर बैशाख २५ गतेसम्म वृद्धि भएर ४९.२३ प्रतिशतमा पुगेको छ । कोरोना महामारीका बेला सरकार निष्क्रिय भएको भन्दै प्रमुख सचेतक कार्कीले सरकार खोपीमा बसेर कुर्सी जोगाउने कार्यमा व्यस्त देखिएको बताए ।

 महामारी सरकारका लागी पैसा कमाउने मेलो भएको उनको दाबी छ । ‘कोरोनाको खोपदेखि औषधिको डोजसम्म कमिसनको खेल भएको छ’, उनले भने, ‘अघिल्लो पटक प्रधानमन्त्रीको संरक्षणमा ओम्नी समूहलगायतले गरेको अपराध यसपटक पुनः केही ठूला व्यापारीले गर्दैछन् ।’

संघीय सरकार अपराधी, तस्कर र बिचौलियाहरुको जालोमा रहेको कांग्रेसको आरोप छ । यस्तो अवस्थामा प्रदेश सरकार पनि संघीय सरकारको लाचार छायाँ बनेर बसेको आरोप कांग्रेसले लगाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार