श्रावण ७, २०८२ बुधबार July 23, 2025

जसपा पदाधिकारी बैठकः ओलीलाई विश्वासको मत नदिने, सांसदलाई स्वविवेक प्रयोग गर्न दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा)ले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आइतबार पार्टीका संघिय अध्यक्ष डा. बाबुराम भट्टराईको निवाशमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी ओलीले सोमबार सङ्घीय संसद्को प्रतिनिधिसभाबाट लिने विश्वासको मतमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने सर्वसम्मत निर्णय गरेको हो ।

सांसदहरूलाई ह्विप नलगाउने र पक्ष वा विपक्ष जेमा भोट हाले पनि त्यसलाई पार्टीभित्र छलफलका विषय नबनाउने निर्णय गरेको जसपा एक नेताले बताएका छन् ।

नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जसपा पछिल्लो समय प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा दुई धारमा विभक्त रहेकोमा यही विवादलाई सल्टाउन नसक्दा पार्टी फुटको सँघारमा पुगेपछि जसपा नेताहरूले आइतबार नयाँ विकल्पमा सहमति गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार