श्रावण ७, २०८२ बुधबार July 23, 2025

कुनै हालतमा प्रधानमन्त्रीले राजिनामा नदिने सुवाष नेम्वाङ्गको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाए पनि राजीनामा नदिने भएका छन ।

एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले विभिन्न सञ्चार माध्यमले चर्चा गरे जस्तो आज प्रधानमन्त्रीले राजीनामा नदिने बताएका हुन ।

‘विभिन्न सञ्चार माध्यममा प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्छ भनेर लेखेको देख्छु तर यो गलत सावित हुन्छ,’ नेम्वाङले भने, ‘बहुमत प्राप्त भएन भने पनि प्रधानमन्त्री संविधान बमोजिम अगाडि बढ्नुहुन्छ ।’

संसदमा आज बहुमत प्राप्त नहुँदा दुई वा सो भन्दा बढी दलको सरकार बन्ने प्रक्रिया अघि बढ्छ । त्यस्तो अवस्था नदेखिएकाले ठूलो पार्टीको अध्यक्षको हैसियतले केपी शर्मा ओलीलाई नै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ ।

‘विश्वासको मत प्राप्त नभए पनि उहाँले राजीनामा गर्नुहुन्न । राजीनामा गर्नुपर्ने संविधानमा व्यवस्था छैन,’ नेम्वाङले भने, ‘विश्वासको मत प्राप्त भएन भने प्रधानमन्त्रीको पद रिक्त हुन्छ । अर्को प्रधानमन्त्री नआएसम्म त्यही प्रधानमन्त्रीले सरकारको काम गर्नुहुन्छ भन्ने व्यवस्था छ संविधानमा । त्यसै अनुसार प्रधानमन्त्री अगाडि बढ्नुहुन्छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार