श्रावण ७, २०८२ बुधबार July 23, 2025

माधव-झलनाथको पार्टीमा वामदेव गौतम पनि सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका नेता वामदेव गौतमले बरिष्ट नेताद्धय माधव नेपाल र झलनाथ खनाल पक्षले नयाँ पार्टी गठन गरे आफू पनि उक्त पार्टीमा सहभागी हुने बताएका छन्। सोमबार गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जालमा नेता गौतमको यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सुवेदीले सामाजिक सञ्जालमा  सार्वजनिक गरेको वामदेव गौतमको  जारी वक्तव्य :

१. अध्यक्ष ओलीसँग गरेको कुराकानीबारेः

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’

यसको प्रतिउत्तरमा उपाध्यक्ष क.वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।

२. क.माधव नेपालहरुका सन्दर्भमाः

वरिष्ठ नेता क।माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया