असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रपतिद्धारा गठबन्धन सरकार बनाउनका लागि दलहरुलाई आव्हान (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बिहीबारसम्म गठबन्धन सरकार बनाउनका लागि दलहरुलाई आव्हान गरेकी छन् ।

राष्ट्रपति कार्यालयले सोमबार अबेर जारी गरेको विज्ञप्ति अनुसार बिहीबार राति ९ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउनका लागि दलहरुलाई आव्हान गरेकी हुन्।

यो धाराअनुसार दुई वा दुईभन्दा बढी दलले सरकार बनाउन सक्ने प्रावधान छ। राष्ट्रपतिले दलहरुलाई सरकार बनाउनका लागि आव्हान गरेसँगै विपक्षी गठबन्धनले बहुमत पुर्याएर सरकार बनाउने बाटो खुलेको छ। यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएपछि उनी स्वतः पदमुक्त भएका थिए।

विपक्षी दलहरु काँग्रेस, माओवादी र जसपाको एक समूहले सँयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन सरकार बनाउने प्रक्रिया शुरु गर्न राष्ट्रपति समक्ष आग्रह गरेका थिए। राष्ट्रपति भण्डारीले पनि सोहीअनुसार सरकार बनाउन आव्हान गरेपछि अब विपक्षीले सरकार बनाउन कसरत गर्ने भएका छन्। मंगलबारदेखि राजनीतिक दौडधुप बढ्ने देखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार