श्रावण ७, २०८२ बुधबार July 23, 2025

वैकल्पिक सरकार बनाउने आफ्नो पार्टीको प्राथमिकता होईन – महन्त ठाकुर (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउने आफ्नो पार्टीको प्राथमिकता नभएको बताएका छन्।

अध्यक्ष ठाकुरले सोमबार राति एक विज्ञप्ति जारी गर्दै उनले ओली सरकारले जसपाका माग पूरा गरिरहेकाले वैकल्पिक सरकार गठनमा सामेल नहुने धारणा राखेका हुन्। ठाकुरले मधेशको मुद्दाको सवालमा नेपाल सरकार सहमतिअनुसार अगाडि बढिरहेको दाबी गरेका छन्।

विज्ञप्तिमा भनिएको छ,‘विगत र हप्तादेखि मधेशी, आदिवासी जनजाती, थारु, महिला, दलित, मुस्लिम लगायत, सिमान्तकृतको महत्वपूर्ण सवालहरु मुद्दा फिर्ता, बन्दी रिहाई, नागरिकता संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न लगायतको विषयमा जनता समाजवादी पार्टी नेपाल र केपी शर्मा ओली नेतृत्वको सरकार बीचको वार्ता तथा तदनुसारका कार्य प्रगति सकरात्मक ढंगले अगाडि बढिरहेको तथ्य सर्वविदितै छ।’

यस्तो अवस्थामा सरकार बनाउने गतिविधमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको समेत उनले बताएका छन्। उनले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेकोसमेत बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया