असार २४, २०८२ मंगलबार July 8, 2025

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट १७ पदाधिकारी नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्यपश्चिमाञ्चल विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रिक्त रहेका पदाधिकारी नियुक्त गरेको छ । १७ पदाधिकारी विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट नियुक्त गरेको हो । जसमा ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख रहेका छन् ।

विश्वविद्यालयका अनुसार व्यवस्थापन संकाय , मानविकी तथा सामाजिकशास्त्र संकाय, विज्ञान तथा प्रविधि संकायमा र कृषि तथा वन विज्ञान संकायको डीन गरी ४ जना डीन नियुक्त गरेको छ ।

जसमा व्यवस्थापन संकाय डीनमा प्रा. डा. दीपबहादुर रावल, मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा डा. लिलाधर तिवारी, विज्ञान तथा प्रविधि संकायको डीनमा डा. सुदीप ठकुरी र कृषि तथा वन विज्ञान संकायको डीनमा डा. विमलकुमार कर्ण नियुक्त भएका छन् ।

त्यसैगरी योजना विकास अनुगमन निर्देशनालयको निर्देशकमा प्रा. डा. चन्द्रप्रकाश (सीपी) रिजाल, पाठ्यक्रम विकास निर्देशनालयको निर्देशकमा वीरबहादुर पौडेल, अनुसन्धान निर्देशनालयको निर्देशकमा प्रा. डा. विनयकुमार मिश्र र अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा प्रा. डा. सुधन झा नियुक्त भएका छन् ।

विश्वविद्यालयले ९ वटा आंगिक क्याम्पसमा पनि क्याम्पस प्रमुख नियुक्त गरेको छ । जलजला बहुमुखी क्याम्पस रोल्पाको प्रमुखमा खीमबहादुर खड्का, मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमको प्रमुखमा बुद्धिप्रसाद गौतम, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटको प्रमुखमा बलबहादुर भण्डारी, भेरी बहुमुखी क्याम्पस गुमीको प्रमुखमा तुलबहादुर राना, विद्यापुर जनता बहुमुखी विद्यापुरको प्रमुखमा तीर्थबहादुर शाही, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको प्रमुखमा दानबहादुर हमाल, बबई बहुमुखी क्याम्पस बर्दियाको प्रमुखमा यदुप्रसाद गौतम, नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही र रारा बहुमुखी क्याम्पस मुगुको प्रमुखमा सुशीलकुमार भाम नियुक्त भएका छन् ।

विश्वविद्यालयले पदाधिकारी छनोटको लागि लोकसेवा आयोगका सदस्य बृन्दा हाडाको संयोजकत्वमा काठमाडौं विश्वविद्यालयका पूर्वडीन प्रा. डा. विजय केसी र त्रिभुवन विश्वविद्यालयका विज्ञान संकाय अन्तर्गतका पूर्वनिर्देशक प्रा. डा. रामेश्वर अधिकारी सदस्य रहेको ३ सदस्यीय छनोट समिति गठन गरेको थियो ।

छनोट समितिका उम्मेदवारले पेश गरेको भिजन पेपर, शैक्षिक योग्यता, कार्य अनुभवसहित डकुमेन्टको आधारमा नाम सिफारिस गरिएको विश्वविद्यालयले जनाएको छ ।

छनोट समितिले दिएको नामलाई वैशाख १८ गतेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकबाट नियुक्त गर्ने निर्णय गरिएको थियो । सबै पदाधिकारीलाई जेठ १ गतेदेखि कामकाज गर्ने गरी नियुक्त गरिएको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार