काठमाडौंः नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यस अघि ओलीको मन्त्रिमण्डलमा रहेका सबै मन्त्रीहरु दोहोरिएका हुन् । प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आज शुक्रबार पद तथा गोपनियताको सपथ लिएसँगै शितलनिवाशमा बिशेष समारोहकै बिच मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।
प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका बिशिष्ट ब्यक्तिहरुको सहभागीता रहेको थियो ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । विपक्षीले बहुमतको सरकार बनाउन नसकेपछि ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतले तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया