असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रिय हितको रक्षाका लागि अविचलित रुपमा क्रियाशील : प्रधानमन्त्री (पुर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हितको रक्षाका लागि अविचलित रुपमा क्रियाशील रहने बताउनुभएको छ ।
जननेता मदन भण्डारी र जीवराज आश्रितको २८औँ स्मृति दिवसका सन्दर्भमा आज एक सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री  ओलीले जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने बताउनुभयो  ।
उहाँले अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गरी छोड्ने बताउनुभयो ।
राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हितको रक्षाका लागि अविचलित रुपमा क्रियाशील रहने छौँ । अनि यी उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध, जन आधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने छौँ । प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ।
२८ वर्ष अगाडि आजैका दिन रहस्यमय दास ढुङ्गा दुर्घटनामा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको दुःखद निधन भएको थियो ।
उहाँले मदन -आश्रितको २८ औँ स्मृति दिवसको सन्दर्भमा नेकपा (एमाले)को सम्पूर्ण पार्टी पङ्क्तिका तर्फबाट दिवङ्गत नेताहरूप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
प्रधामन्त्री ओलीले मदन-आश्रितको २८ औँ स्मृति दिवसको सन्दर्भमा दिनुभएको सन्देशको पुर्णपाठ :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार