असार २४, २०८२ मंगलबार July 8, 2025

सिटिईभिटि बाँकी परीक्षाफल प्रकाशनको अन्तिम तयारीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभिटि) ले गत वर्ष लिएका परीक्षाको नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा रहेको जनाएको छ । लिइएका परीक्षाहरु मध्ये धेरैको नतिजा प्रकाशन भइसकेको र प्रकाशन गर्न बाँकी रहेका केहि विषयहरुको परीक्षाफल प्रकाशनको अन्तिम तयारीमा रहेको जनाएको हो ।

गतवर्ष कोभिड १९ महामारीका कारण लकडाउन भएपछि चैत यता प्रभावित भएका परीक्षाहरु अवस्था सहज भएपछि सञ्चालन भएका थिए । साथै त्यसरी सञ्चालन भएका परीक्षाहरुको धेरैको नतिजा प्रकाशन भइसकेको र थोरै विषयको मात्र नतिजा प्रकाशन हुन बाँकी रहेको जनाकारी दिइएको छ ।

त्यस मध्ये प्रथम सेमेष्टरको बाँकी रहेका केहि विषयको परक्षिाफल प्रकाशनको अन्तिम तयारीमा रहेको र एक हप्तामा नतिजा प्रकाशन गरीने परीक्षा नियन्त्रक कृष्ण बहादुर केसीले बताउनु भएको छ ।

त्यस्तै वार्षिक प्रणालि अन्र्तगत तेस्रो वर्षका बाँकी रहेका सम्पुर्ण परीक्षाको नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको परीक्षा नियन्त्रक कृष्ण बहादुर केसीले खबर एजुकेशनलाई जानकारी दिनु भयो । “अहिले नतिजा प्रकाशन गर्नका लागि काम गरिरहेका छौं । कोभिड १९ महामारीले कर्मचारी अभाव भएको कारण प्रकाशनमा केहि ढिला भएको हो । यदी महामारीको अवस्था केहि सहज भयो भने आठ दश दिन भित्र नतिजा प्रकाशन हुन्छ । तर अवस्था जटलि भैरहयो भने केहि समय लाग्न सक्छ नियन्त्रक केसीले भन्नु भयो ।”खबर एजु.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार