श्रावण ६, २०८२ मंगलबार July 22, 2025

प्रधानमन्त्री ओलीलाई काँग्रेसले बुझायो १५ बुँदे ज्ञापनपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रणका बारे पार्टीको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कांग्रेसले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

कोभिड- १९ महामारीको पहिलेको चरण भन्दा दोस्रो चरण भयावह भएको र त्यसलाई नियन्त्रण गर्न सरकार चुकेको कांग्रेसको ज्ञापनपत्रमा उल्लेख छ । सीमा नाकाहरूको व्यवस्थापनमा सरकार सुरुमै चुकेको भन्दै कांग्रेसले त्यसमा सरकार गम्भीर नभएको पनि लेखेको छ ।

मुलुकको स्वास्थ्य संरचनाले धान्नै नकस्ने गरी संक्रमित बढेका र त्यसले जनताको अवस्था नाजुक बनाएको कांग्रेसको भनाइ छ । बढ्दो बिरामीको चापसँगै विशेष गरेर अक्सिजन र आइसीयु बेडको अभाव देखिन थालेको कांग्रेसको भनाइ छ । निषेधाज्ञाको व्यवस्थापन सही ढंगले नगर्दा संक्रमण फैलिएको पनि कांग्रेसको भनाइ छ ।

‘सरकारको नेतृत्वपंक्तिको अगुवाइमा गत समयमा भएका भीडभाड, तडकभडक र उद्घाटन कार्यक्रमहरूले संक्रमण द्रूत गतिमा बढ्न मद्दत गरेको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउन सभापति देउवा, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशसरण महत, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, नेताहरू कृष्णप्रसाद सिटौला, डा. रामशरण महत लगायत सिंहदरबार पुगेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार
फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन
२०८२ श्रावण ६, मंगलबार
फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली
२०८२ श्रावण ६, मंगलबार
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार