काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
राष्ट्रपतिबाट संविधानको व्यवस्था विपरीत गएर नयाँ सरकार गठनका लागि आह्वान गरिएपछि काँग्रेसले छलफल गर्न भन्दै पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको हो ।
बैठक शुक्रवार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने काँग्रेस सह महामन्त्री डा.प्रकाश सरण महतले जानकारी दिए ।
बैठकले संविधानको धारा नाघेर धारा ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान भएको अवस्थामा नयाँ रणनीति बनाउने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया