असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यार्थीको सहजताका लागि परीक्षाको विकल्प खोज्दै विश्वविद्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सुदूरपश्चिम विश्वविद्यालयले अनलाइन परीक्षामा पनि विद्यार्थीलाई समस्या भए पछि विद्यार्थीको सहजताकालागि विकल्प खोजेको छ ।

अघिल्लो वर्ष अनलाईल मार्फत परीक्षा सञ्चालन गर्दा सबै विद्यार्थीको अनलाईनमा पहुँच नभएको र धेरै दुर्गमबाट विद्यार्थी कलेज सम्म आएर परक्षिा दिन बाध्य भएको कारणले विद्यार्थीको सहजताकालागि विकल्प खोजेको हो ।

कोभिड -१९ को संक्रमण बढदै गएको सन्दर्भमा विद्यार्थी कलेजमै आएर अनलाईन परीक्षा दिँदा भिड हुने, लाइनमा बसेर परीक्षा दिनुपर्ने अवस्था भएकोले विद्यार्थीलाई जोखिम हुने डरले सेमेष्टर सकिएका विद्यार्थीका लागि परक्षिाको विकल्प के हुने भन्ने विषयमा अध्ययन गर्नका लागि कार्य समिति गठन गरेको छ । अध्ययन गरेर कार्य समितिले १० दिन भित्र रिपोर्ट पेश गर्नु पर्ने छ ।

हचुवाको भरमा भन्दा पनि कार्य समितिले अध्ययन गरेर विकल्प सहितको रिपोर्ट पेश गरे पछि विश्वविद्यालयले निर्णय लिने उपकुलपति प्रोफेसर डा.अमराज जोसिले बताउनु भयो । दोस्रो,चौथो र छैटाँै सेमेष्टरको पढाई सकिएको छ ,ति विद्यार्थीहरुको हकमा अपग्रेड गरेर जाने वा अहिले नयाँ सेमेष्टरमा पढाई गर्दे गर्ने र अवस्था सहज भए पछि परक्षिा लिने भन्ने विषयमा छलफल भए पनि कार्य समितिले पेश गरेको रिपोर्टका आधारमा निर्णय गरिने जोसिले बताउनु भयो ।

त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयसँग आवद्ध कलेजहरु दुर्गम क्षेत्रमा भएका कारण व्यवस्थापन गर्न कठिन भएको र अघिल्लो वर्षकै मोडेलमा परीक्षा सञ्चालन गर्दा धेरै खर्च लाग्ने भएको कारण यो वर्ष पनि त्यसरी नै परक्षिा सञ्चालन गर्ने नसकिने जोसिले बताउनु भयो । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार