काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा दाबी एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैजनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेकी छिन् ।
राष्ट्रपति कार्यालयले शुक्रबार राति ३ पाने वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका लागि ओली र देउवाले गरेको दाबीमा आधार नपुगेको जनाएको हो ।
संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयां सरकार गठन हुन नसकेपछि अब प्रतिनिधि सभा संविधान वमोजिम भंग भएको मानिने छ । अहिले नै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ । बैठकले प्रतिनिधिसभा भंगको लागी सिफारीस गर्नेछ । यससंगै अब प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुलुक चुनावमा जाने निश्चित भएको छ ।
प्रतिक्रिया