श्रावण ६, २०८२ मंगलबार July 22, 2025

आफूलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने देउवाको दाबी (विज्ञप्तिसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बदनियतपूर्ण ढंगले मिलेमतोमा षड्यन्त्रपूर्वक तरिकाले मध्यराति प्रतिनिधि सभाको हत्या गरेको टिप्पणी गरेका छन् ।

आज काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रेस विज्ञप्ति जारी गरी राष्ट्रपति र प्रधानमन्त्री षड्यन्त्रपूर्वक नेपालको संविधान समाप्त गर्न उद्दत रहेको आरोप समेत लगाएका छन् ।

‘राष्ट्रपति र प्रधानमन्त्री षड्यन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेका छन्,’ देउवाले प्रेस विज्ञप्तिमा भनेका छन् । उनले आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गर्दै ओलीलाई गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य भएको टिप्पणी समेत गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन्, देउवाले भनेका छन् । उनले यो कार्यलाई असंवैधानिक मात्र नभई अनैतिक भनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार