काठमाडौंः सामजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले सामुदायिक विद्यालय समायोजन प्रोत्साहन कार्यक्रमको दरखस्त आह्वान गरेको छ ।
निर्देशनालयको २०७७/७८ को वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेश भित्र समायोजन भएका सामुदायिक विद्यालयहरुलाई सामुदायिक विद्यालय समायोजन प्रोत्साहन अनुदान कार्यविधि २०७८ कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन अनुदान दिने कार्यक्रम रहेकोले दरखस्त आह्वान गरेको हो ।
प्रोत्साहन अनुदान प्राप्त गरी कार्यक्रम सञ्चालन गर्न इच्छुक विद्यालयहरुले जेठ ८ गते देखि १४ गते भित्र तोकिएको ढाँचामा प्रस्ताव पेस गर्न सबै प्रदेश भित्रका विद्यालयलाई भनिएको छ ।
प्रस्ताव ढाँचा शिक्षा विकास निर्देशनालयको वेबसाईटwww.edd.bagamati.gov.np मा प्रप्त गर्न सकिनेछ । खबर एजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया