श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नागरिकता अध्यादेशले समस्या समाधान गर्दैन, देशद्रोही कदमको प्रतिकार गरौं : डा. मनोज मुक्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जनतान्त्रिक तराई मुक्ति मोर्चाले ओली सरकारले “नागरिकता अध्यादेश पहिलो संशोधन २०७८” को पूर्णपाठ सार्वजनिक भए लगत्तै सामाजिक संजालको माध्यमले अत्यन्तै कडा टिप्पणी गर्दै बिरोध एवं प्रतिकारमा उत्रन सबैलाई आव्हान गरेका छन् ।

लामो समयदेखि राज संस्था र हिन्दु अधिराज्य पुनःस्थापना लगायत विभिन्न माँग राखी चरणबद्ध आन्दोलनरत रहेको मोर्चाका अध्यक्ष मुक्तिले देशमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमलाई केन्द्रमा राखी निर्णायक आन्दोलनका लागि सबैलाई तयार रहन अपील गरेका हुन् ।

जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक समेत रहेका डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले आफ्नो सामाजिक संजालको माध्यमले नागरिकता अध्यादेश पहिलो संशोधन २०७८ को विरोधमा गरेको टिप्पणी यस्तो रहेको छ, धर्म-निरपेक्ष गणतान्त्रिक ब्यवस्थाको राष्ट्रघाती उपलब्धि तथा देश-बेचुवा, जनतामारा, कुर्सी-प्रेमी तथा बिदेशीका अवैध सनतानहरुको अर्को षड्यन्त्रपूर्ण राष्ट्रघाती कदम भनेका छन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई सुक्ष्म रुपले अध्ययन गर्ने हो भने नेपाल आउँदो दिनमा ठुलै द्वन्द र आन्दोलनमा जाने खतरा प्राय निश्चित देखिदैछ भन्दै अध्यक्ष मुक्तिले नेपालमा ठुलै राजनीतिक एवं संवैधानिक उथलपुथल हुने सजिलै अडकल काटेका छन्  ।

साथै उनले अध्यादेश मार्फत ल्याईएको “नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश,२०७८” षड्यन्त्र मुलक नौटंकिपूर्ण राष्ट्रघाती कदमको जालझेलमा नफसौं, यो विशुद्ध राजनीतिक एवं चुनावी स्टन्ट बाहेक अरु केही होईन । यस अध्यादेशले “तराई-मधेशका धर्तीपुत्र आम देशभक्त नागरिकको वर्षौंदेखिको नागरिकता सम्बन्धि समस्याको सम्बोधन र समाधान हुने छैन”, यो केवल पहुँचवाला, आर्थिकरुपले समृद्ध, बिदेशी नागरिकहरुलाई सहजै नेपाली नागरिक बनाइ नेपाललाई बिसर्जनको बाटोमा अग्रसर गर्नु-गराउनु बाहेक थप अरु केही गर्ने देखिदैन । भनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार