श्रावण ६, २०८२ मंगलबार July 22, 2025

म ओलीतिर गएको छैन्, माधव नेपालसँग सम्पर्कमै छु – गोकर्ण बिष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले) का नेता तथा सांसद गोकर्ण विष्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनाउनुपर्ने रिटमा हस्ताक्षर गरेका छैनन् । माधव नेपाल पक्षबाट २३ जनाले हस्ताक्षर गरेका छन् । विष्टले नेता नेपालको साथ छोडेको चर्चा चलिरहेको छ । तर, उनले आफू विरामी भएर घरमै आराम गरिरहेको बताएका छन् ।

उनले आफू ज्वरो आएर घरमै बसेको जानकारी दिए । त्यस्तै, उनले आफू प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको क्याम्पमा पनि नगएको जिकिर गरे । बरु, नेता नेपालसँग भने नियमित सम्पर्कमा रहेको उनको भनाई छ । पछिल्लो समय नेता विष्टले एमालेको एकता जोगाउनको लागि सक्रिय भूमिका निर्वाह गरेका थिए ।

त्यसको लागि उनले नेता नेपाललाई पनि अध्यक्ष ओलीसँग वार्ता गर्न आग्रह गरेका थिए । यो बीचमा एमालेको एकता कायम गर्न कार्यदल समेत गठन भएको थियो । तर, प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेपछि भने एमालेको फुट अब टार्न नसकिने अवस्थामा पुगेको छ। आजमात्रै, ओलीले पार्टीको स्थायी कमिटी बैठक राखेर माधव नेपालसहितका ११ सांसदलाई कारबाही गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार