काठमाण्डौंः राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुक्रबार संघीय संसद सचिवालयमा आयोजित एक कार्यक्रमका बीच देवकोटालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । अध्यक्ष तिमिल्सिनाले देवकोटालाई संसदको लोगो लगाइदिएका थिए ।
कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ लगायतको उपस्थिति थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया