काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटिको बैठक स्थगित भएकाे छ ।
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाउनुभएको बैठक अचानक स्थगित भएकाे हाे । बैठक स्थगित हुनुकाे कारण भने खुलाइएकाे छैन ।
स्थगित बैठक सोमबार भाेलि बिहान १० बजे बस्ने बताइएकाे छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया