श्रावण ६, २०८२ मंगलबार July 22, 2025

निर्वाचनका लागि यथेष्ट बजेट विनियोजन गरिएको छ : अर्थमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षको बजेटको व्यवहारिक र वस्तुगत कार्यान्वयनका लागि प्रक्रिया थाल्ने प्रतिवद्धता जनाउनुभएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सम्बन्धित मन्त्रालयसँग छलफल गरेर कार्यान्वयनका लागि पहल लिइहाल्ने बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग जोडिएका तीन वटा अध्यादेश जारी गर्नुभएपछि मन्त्री पौडेलले शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो ।

अर्थमन्त्रीले निर्वाचन लोकतन्त्रको प्राण भएकाले त्यसका लागि यथेष्ट बजेट विनियोजन भएको जानकारी दिनुभयो । नयाँ सरकार गठनको सबै विकल्प सकिएपछि प्रतिनिधिसभा विघटन भएको तथ्य पेश गर्दै उहाँले निर्वाचन राष्ट्रिय अभिभारा भएकाले त्यसलाई सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्रीले भन्नुभयो, “स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन गराउन हामी प्रतिवद्ध छौँ । बजेटले निर्वाचनलाई यथेष्ट महत्व दिएको छ । आवश्यक बजेट विनियोजन गरिएको छ ।” सरकारले आगामी कात्तिक २६ गते र मङ्सिर ३ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।

उहाँले सरकारले संविधानसम्मत रूपमा नै बजेट ल्याएको समेत उल्लेख गर्नुभयो । “कामचलाउ सरकारले बजेट ल्याउन मिल्दैन, ल्याए पनि पूर्ण बजेट ल्याउनु हुँदैन भन्ने बहस सुनियो । यो बहस हुनुलाई मैले सकारात्मक रूपमा लिएको छु”, अर्थमन्त्रीले भन्नुभयो, “सरकारले संविधानमा भएको प्रावधानअनुसार बजेट ल्याएको हो । यस्तो सङ्कटको बेला बजेट नल्याउने भन्ने कुरा सान्दर्भिक हुँदैन ।” आगामी आवको बजेटप्रति यथेष्ट रूपमा सकारात्मक प्रतिक्रिया आएको उल्लेख गर्दै अर्थमन्त्रीले कार्यान्वयनमा प्रश्न उठेको भए पनि सरकार वस्तुनिष्ठ कार्यान्वयनका लागि लागिपर्ने विश्वास दिलाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार