काठमाण्डौंः नेकपा(एमाले) प्रदेश संसदीय दलले तत्काल बजेट अधिवेशन बोलाउन कर्णाली प्रदेश सरकारसँग माग गरेको छ। आइतबार बसेको संसदीय दलको बैठकले संसद् अधिवेशन बोलाउन माग गरेको दलका नेता यामलाल कँडेलले बताएका छन् ।
‘प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न पर्याप्त समयको व्यवस्था गर्ने गरी यथा सक्दो छिटो संसद्को अधिवेशन आह्वान गर्न कर्णाली प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गरिएको कर्णाली प्रदेश संसदिय दलका नेता यमलाल कँडेलले आईतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया