असार २९, २०८२ आइतबार July 13, 2025

महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य हुँदैनः प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने बताउनुभएको छ ।

तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले समेत महिला हिंसा अनत्यका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले महिला हिंसा, बलात्कार, कुटपिट, अपमान, गाली बेइज्जती, कूप्रथा र कूचलनविरूद्ध संघर्ष जारी रहेको बताउनुभयो । उहाँले परम्परागत रुपमा नै महिनामाथि हुने गरेको हिंसालाइ अन्त्य गर्न महिला स्वयमपनि सचिनुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले महिला हिंसा अन्त्यका लागि महिलाहरु समेत सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय महिला उद्यमी सम्मुनत पुरस्कार सात प्रदेशका सात महिलालाई दिने घोषणा गरिएको छ । एक लाख नगद सहितको पुरस्कार पाउनेमा प्रदेश १ देखि ७ सम्म क्रमश दिपा गुरुङ, सरितादेवी मण्डल, कल्पना लिम्बु, विष्णु कुमारी गुरुङ, चित्रकली बुढामगर, निर्मला आचार्य र लक्ष्मीदेवी विष्ट हुनुहुन्छ ।

एक अर्को कार्यक्रममा प्रधानमन्त्री ओलीले राजनीतिक दलको उच्च नेतृत्वमा रहेकाहरुले नै दलीय अनुशासन र संसदीय मर्यादा विपरीतका गतिविध गरेर अनुशासनहीनता र अराजकता फैलाउनु काम गरेको बताउनु भएको छ । उहाँले पार्टीको उच्च नेतृत्वमा रहेकाबाट पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध अर्कै उम्मेदवार उठाउने जस्ता गतिविधि गरेर अनुशासन हिनता र अराजकता फैलाउने काम भएको बताउनुभयो ।

आफ्नो सरकार ढाल्नका लागि विश्वासको मत नदिएर बाहिर बस्नु र अर्को सरकार बनाउन कसरत गर्नु दलीय अनुशासन, मर्यादा, र संसदीय प्रणालीविरुद्ध भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार