असार २४, २०८२ मंगलबार July 8, 2025

धमाधम विद्यार्थीको वार्षिक नतिजा तयार गर्दै विद्यालयहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयहरु बन्द भएपछि यसअघि लिइएका परीक्षा र आन्तरिक मूल्याङ्कनबाट वार्षिक नतिजा प्रकाशन गरिने भएको छ । बाल कक्षादेखि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा यही जेठ मसान्तभित्र गर्न लागिएको हो ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार विद्यालयले लिएको प्रथम त्रैमासिक परीक्षामा प्राप्त अङ्कको २० प्रतिशत र दोस्रो परीक्षामा प्राप्त अङ्कको ६० प्रतिशत अङ्क दिइने छ । बाँकी २० प्रतिशत विद्यार्थीको निरन्तर मूल्याङ्कनबाट अङ्क राखिने छ । विद्यार्थीको नियमित क्रियाकलाप, विभिन्न परियोजना, शिक्षक शिक्षिकाले विद्यार्थी र अभिभावकसँग गरिएका कल रिपोर्ट, अनलाइन परीक्षा लिएको भए त्यसमा प्राप्त अङ्कलगायतबाट २० अङ्क दिन लागिएको सुवेदीले जानकारी दिनुभयो ।

यही जेठ २५ गतेभित्र कक्षा ८ का विद्यार्थीको अङ्क सम्बन्धित पालिकामा पठाउन भनिएको छ । पालिकामार्फत कक्षा ८ को नतिजा सार्वजनिक गरिने छ । अन्य कक्षाको जेठ मसान्तभित्र नतिजा सार्वजनिक गर्न परिपत्र गरिएको सुवेदीले बताउनुभयो । जिल्लाका निजी र केही सरकारी विद्यालयले निषेधाज्ञाको समयमा भर्चुअल माध्यमबाट परीक्षा र पढाइसमेत गरेका छन् ।

जिल्लामा ३२३ सामुदायिक र २१६ संस्थागत विद्यालय छन् । ती विद्यालयमध्ये सामुदायिकमा ७७ हजार ३३९ र संस्थागतमा ५७ हजार ४६३ विद्यार्थी अध्ययनरत छन् । नतिजा प्रकाशनसँगै आगामी असार १ गतेबाट नयाँ शैक्षिक सत्र शुरु हुनेछ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार