श्रावण ५, २०८२ सोमबार July 21, 2025

बजेट जनमत प्रभावित पार्ने दुरासयबाट आयो- नेपाली काँग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेटका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । काँग्रेसले जनमत प्रभावित पार्ने दुरासययुक्त बजेट ल्याएको भन्दै सरकारले ल्याएको बजेटको विरोध गरेको हो ।

आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनमार्फत काँग्रेसले ल्याएको बजेटले ऋण भार बढाएको बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्दा ८ अर्ब ऋण रहेकोमा अहिले बढेर झण्डै १६ सय अर्ब पुगेको भन्दै पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता तथा सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारले बजेटमा कुनै नयाँ कार्यक्रम नसमेटेको बताउनुभयो ।

सरकारले हचुवाका भरमा केही कार्यक्रम सुरु गरेको  र कोरोनाबाट थलिएको अर्थतन्त्र उकास्न कुनै योजना अघि नसारेकोमा काँग्रेसले विरोध पनि गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया